Logo

सहिद स्मारक ए डिभिजन लिग: संकटाद्वारा एपीएफ पराजित



Spread the love

२४ पुस, काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा एपिएफविरुद्ध संकटा क्लबले जित निकालेको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा संकटाले नेपाल एपिएफ क्लबलाई ४–२ ले पराजित गरेको छ ।

खेलमा १९ औं मिनेटमा लक्ष्मण रुचालले करिब २५ यार्डबाट प्रहार गरेको प्रिकिक गोलमार्फत संकटाले अग्रता लियो । ४४ औं मिनेटमा कर्ण सुब्बाले गोल गर्दै संकटाको अग्रता दोब्बर पारे । ५३ औं मिनेटमा अजयीले नै गोल गर्दै संकटालाई ३-० को अग्रता दिलाए । तर एपीएफले लगातार दुई गोल फर्काउँदै खेलमा फर्कने संकेत गरेको थियो । ५६ औं मिनेटमा नवीन लामा र ७२ औं मिनेटमा आशिष लामाले गोल गर्दै खेल ३-२ को स्थितिमा पुर्‍याए । तर ८८ औं मिनेटमा अजयी मार्टिन्सले नै गोल गर्दै संकटालाई ४-२ को अग्रता दिलाए ।

पाँचौं खेलमा दोस्रो जित निकालेको संकटाको खातामा अब ७ अंक पुगेको छ । एपिएफको ५ खेलमा ४ अंक छ ।

दशरथ रंगशालामा दिउँसो ३ः०० बजे सुरु हुने खेलमा त्रिभुवन आर्मी क्लबले सरस्वती क्लबको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्