Logo

काभ्रेमा स्काभेटर दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक गम्भिर घाइते



Spread the love

२४ पुस, काठमाडौं। काभ्रेको पनौती नगरपालिका–११ थुम्कीको भित्री सडकमा स्काभेटर दुर्घटना हुँदा दुई जनाले घटनास्थलमै ज्यान गुमाएका छन् भने एकजना गम्भिर घाइते भएको छ ।

सडक निर्माणको क्रममै स्काभेटर तीनसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवि पौडेलले जानकारी दिएका छन् ।

सो दुर्घटनामा परेर स्काभेटरमा बसेका पनौती–११ का १६ बर्षिया राउत केसी र सिन्धुपाल्चोकका १५ बर्षिया रोशन भण्डारीको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा परि स्काभेटर चालक जीवन ताम्राकार घाइते भएका छन् । उनको धुलिखेल अस्पतलामा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्