Logo

बार्सिलोनाले सुपर कप हार्नुमा भाल्भार्डे मात्र दोषी छैन: लुइस स्वारेज



Spread the love

एजेन्सी । सुपर कप अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना एट्लेटिको मड्रिडसँग ३ -२ ले पराजित भयो। यसैबिचमा लुइस सुआरेजले मड्रिडसँग बार्सिलोना पराजित हुनुमा एर्नेस्टो भाल्भर्डे दोषी नभएको बताएका छन् ।

पहिलो हाफमा दुवै टोलीबाट गोल हुन नसकेपछि दोस्रो हाफमा खेलले रोमान्चक मोड लिएको थियो । दोस्रो हाफमा दुवै टोलीबाट कुल ५ गोल हुँदा बार्सिलोनाले गरेको थप दुई गोलले मान्यता पाएन । दोस्रो हाफको सुरुवातमै कोकेले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।

त्यसपछि लिओनल मेस्सी र एन्टोनी ग्रीजमनले गोल फर्काएर बार्सिलोनालाई अग्रता दिलाए । खेलको अन्तिम समयमा संयमित रहेको एट्लेटिकोले अल्भारो मोराटाको पेनाल्टीमा खेल पुन: बराबरीमा ल्यायो । र त्यसपछि एन्जल कोरियाको गोलसँगै एट्लेटिकोले खेलमा अग्रता लिएको थियो । उक्त गोल नै एट्लेटिकोलाई फाइनलमा पुग्न पर्याप्त रहयो ।

यसैबीच स्वारेजले भने खेलमा पराजय भोग्नुमा भाल्भार्डे मात्र दोषी नभई आफुहरु पनि धेरै कुरामा चुकेको बताए । “नतिजाको सम्पूर्ण दोष भाल्भार्डेलाई दिन मिल्दैन, यो नतिजा हाम्रै कारण प्राप्त भएको हो”, “हामीले उत्कृष्ट प्रदर्शन गरेका थियाैँ तर अन्तिमममा सम्हालिन नसक्दा नतिजा हाम्रो हातबाट गुम्यो” स्वारेजले थपे ।

प्रतिक्रिया दिनुहोस्