Logo

शिशिर र समिक्ष्यको “सोह्र सालैमा ”सार्वजनिक (भिडियोमा)



Spread the love

गायक अच्युत बस्नेत र गायिका समिक्ष्य अधिकारीको आवाजमा रहेको नयाँ गीत “’सोह्र सालैमा ”म्युजिक भिडियो सार्बजनिक भएको छ ।

गीतको मुख्य भूमिकामा पछिल्लो समय निकै नै चर्चामा रहेका गायक तथा मोडेल शिशिर भण्डारीसँगै स्वयं गायिका समिक्ष्यले अभिनय गरेकी छन् ।

‘सोह्र सालैमा’मा लाउन त लाए थिए पियारा बालक कालैमा,थाहा थिएनन् पियारा सोह्र सालैमा ‘अहिलेका युवा पुस्ताको माया प्रेमलाइ समेटेर संगीतकार कृष्ण भारद्वाजले गीत मार्फत प्रस्तुत गरेका छन् ।


कृष्ण भारद्वाजले संगीत भरेको गीतमा सुशील पौडेल र कृष्ण भारद्वाजको संयुक्त शब्द रहेको छ ।सन्तोष राजबाहकले कोरियोग्राफी गरेको भिडियोलाई जीवन बडूले एरेन्ज गरेका छन् ।

उत्सव दाहालद्वारा छायांकन भएको भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका छन् भने भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/xG_5YQfG8rA

प्रतिक्रिया दिनुहोस्