Logo

मछिन्द्रले जावलाखेलको सामना गर्दा प्रतिबन्धले सताएको मनाङलाई शेर्पाको चुनौती



Spread the love

२६ पुस, काठमाडौँ । जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज देखि छैटौं चरणको खेलहरु सुरु हुँदैछ । दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा मध्यान्ह १२ बजे सानमिगेल मछिन्द्र क्लब र जावलाखेल युथ क्लब तथा दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पाबीच दिउँसो ३ बजे आमने सामने हुनेछ ।

गत सोमबार मनाङविरुद्वको खेल पछि विवादमा उत्रिएका स्ट्राइकर दीपक राई, डिफेन्डर देवेन्द्र तामाङ र विजय धिमाललाई कारबाहीमा छन् । तीनै खेलाडीले लिगको दुई खेल गुमाउनेछन् ।

यता लिगमा अपराजित रहेको जावलाखेल तीन मुख्य खेलाडी प्रतिबन्धमा रहेको मौकाको फाइदा उठाउदै मछिन्द्रलाई पराजित गर्ने रणनीतिमा हुनेछ ।

गत सोमबार मछिन्द्रविरुद्व विवादमा उत्रिएपश्चात तीन खेलाडी प्रतिबन्धमा परेका छन् । मनाङका मिडफिल्डर जगजित श्रेष्ठलाई पाँच, गोलरक्षक अशोक बराललाई ६ र रन्जन विष्टलाई दुई खेलको प्रतिबन्ध लगाएको छ । दोहोरो पहेंलो कार्डको कारण डिफेन्डर आदित्य चौधरीले शेर्पाविरुद्वको खेल गुमाउने छन् । यता, समस्यासँग जुधिरहेको मनाङलाई रोक्ने लक्ष्यमा शेर्पा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्