Logo

ए डिभिजन लिग: विशालको निर्णायक गोलमा मछिन्द्र विजयी



Spread the love

२६ पुस, काठमाडौं । मछिन्द्र क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार जावलाखेल क्लबलाई १–० ले पराजित गरेको छ । दशरथ रंगशालामा ३१ औं मिनेटमा विशाल राईको गोलमार्फत मछिन्द्रले खेलमा अग्रता लिएको हो ।

त्यहि गोल खेलको निर्णायक बन्यो । टोलीले थप गोलको अवसर पाए पनि सफल भने भए । जितसँगै १३ अंक बटुलेको मछिन्द्र कम्तीमा केही समयका लागि शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्