Logo

आखिर किन लगाइयो दीपिकाको ‘छपाक’ प्रदर्शनमा रोक !



Spread the love

पछिल्लो समय निकै नै चर्चाम रहेकी नायिका हुन्- दीपिका पादुकोण। उनको बहुप्रतिक्षित चलचित्र ‘छपाक’ सार्वजनिक दिन देखिने बिबादमा परेको छ ।अहिले उक्त चलचित्रलाई प्रदर्शन गर्न रोक लगाइएको छ ।

शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र नयाँ दिल्लीमा प्रदर्शन गर्न रोक लगाइएको छ किनभने चलचित्रमा अधिवक्ता अपर्णा भट्टलाई ‘क्रेडिट’ नदिएको भन्दै दिल्ली न्यायालयले प्रदर्शनमा रोक लगाउन आदेश दिएको हो ।

अपर्णा भट्ट तेजाब हमलाकी पीडित लक्ष्मी अग्रवालकी अधिवक्ता हुन् । उनले केही समय अघि उजुरी हालेकी थिइन् । आदेशअनुसार फिल्म १५ जनवरीबाट मल्टिप्लेक्स, अनलाइन प्लेटफर्म र १७ जनवरीदेखि कुनै पनि ठाउँमा प्रदर्शन हुने छैन । यसअघि पटियाला अदालतले पनि निर्मातालाई ‘अधिवक्ता अपर्णालाई क्रेडिट दिनू’ भनेको थियो ।

प्रतिक्रिया दिनुहोस्