Logo

युवा फरवार्ड केलियन एमबाप्पे विश्वकै सर्वाधिक महँगा खेलाडी बन्न सफल



Spread the love

एजेन्सी । फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा फरवार्ड केलियन एम्बाप्पे विश्वकै सर्वाधिक महँगा खेलाडी बन्न सफल भएका छन् ।

दि सिआईइस फुटबल अब्जरभेटोरीको एक अनुसन्धानले एम्बाप्पे विश्वकै सर्वाधिक महँगा खेलाडी रहेको उल्लेख गरेको छ । उनको मुल्य २२५ मिलियन पाउन्ड तोकिएको छ । उनीभन्दा पछि म्यानचेस्टर सिटीका रहिम स्ट्रलिङ रहेका छन् । उनको मुल्य १९० मिलियन पाउन्ड तोकिएको छ ।

दि सिआईइस फुटबल अब्जरभेटोरीको अनुसन्धानले इंग्ल्यान्ड, स्पेन, इटाली, फ्रान्स र जर्मनीमा आधारित रहेर क्लब, पोजिसन र उमेरका आधारमा यो अनुसन्धान सार्बजनिक गरिएको हो ।

आधुनिक फुटबलका महारथी अर्जेन्टिना तथा बार्सिलोनाका लियोनेल मेस्सी आठौं स्थानमा रहँदा पोर्चुगिज तथा युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो अन्तिम २० को सुचीमै अटाएका छैनन् । विश्व फुटबलकै महँगा खेलाडी ब्राजिल तथा पीएसजीका फरवार्ड नेयमार ८५ मिलियन पाउन्ड रहेको छ ।
महँगा खेलाडीको नाम
१. केलियन एम्बाप्पे (२२५ मिलियन पाउन्ड)
२.रहिम स्ट्रलिङ (१९० मिलियन पाउन्ड)
३. मोहम्मद सलाह (१४९ मिलियन पाउन्ड)
४.जाडोन सान्चो (१४३ मिलियन पाउन्ड)
५.साडियो माने (१३२ मिलियन पाउन्ड)
६. ह्यारी केन (१२८ मिलियन पाउन्ड)
७. मार्कुस रासफोर्ड (११४ मिलियन पाउन्ड)
८. लियोनल मेस्सी (१०७ मिलियन पाउन्ड)
९. एन्टोनी ग्रिजमन (१०५ मिलियन पाउन्ड)
१०. लोउतारो मार्टिनेज (९८ मिलियन पाउन्ड)

प्रतिक्रिया दिनुहोस्