Logo

बिग बास : सन्दीप लामिछाने सम्मिलित मेलबर्नले आज पर्थ सोचर्ससँग प्रतिस्पर्धा गर्दै



Spread the love

२९ पुस, काठमाडौँ । जारी बिग बास लिग (बीबीएल) मा आज नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्स र पर्थ सोचर्स आमने सामने हुदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३: ४५ बाट सुरु हुनेछ ।

जारी लिगमा ९ खेलमा ८ मा जित हात पार्दै लिगको शीर्ष स्थानमा रहेको मेलबर्न आफ्नो लयलाई निरन्तरता दिने रणनीतिका साथ मैदान उत्रदैछ ।

यी दुई टोलिबीच भएका पछिल्ला ५ खेलमा सबैमा पर्थ विजयी भएकाले आज मेलबर्नलाई लगातारको हारको बदला लिने अवसर पनि रहेको छ । घाइते हुँदा एक खेल गुमाए पनि बाँकी सबै खेल खेलेका सन्दीपले ८ खेलबाट ९ विकेट हात पारेका छन् । सन्दीपको प्लेइङ ११ मा पर्ने सम्भावना प्रबल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्