Logo

चलचित्र ‘लक्का जवान’ को टाइटल गीत ‘मन त मेरो लक्का जवान’ सार्वजनिक(भिडियोमा)



Spread the love

हाँस्य कलाकार शिवहरी पौडेलले निर्देशन गरेको चलचित्र ‘लक्का जवान’ को टाइटल गीत ‘मन त मेरो लक्का जवान’ सार्वजनिक भएको छ ।

डी.पी खनालको शब्द रहेको गीतमा बाबुल गिरिले संगीत दिएका छन् भने मीन निरौला र बाबुल गिरीले नै स्वर दिएका छन् । गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

सार्वजनिक गीतमा नायक दीलिप रायमाझी, नायिका प्रियंका कार्की, नायक सलोन बस्नेत, नायिका वर्षा सिवाकोटी, हास्य कलाकार किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, सरोज खनाल, अञ्जु महर्जन लगायत सम्पूर्ण कलाकारलाई स्थान दिइएको छ । उक्त चलचित्र पुरै कमेडी र केही पाका उमेरका मानिसहरुको कथा भन्ने निर्देशक शिवहरी पौडेलले बताएका छन् ।

किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रहेको चलचित्रमा सह-निर्मातामा सुशील अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी, दीपेन्द्र खनियाको सयुक्त रहेको छ । उक्त चलचित्रलाई ‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’ ब्यानरमा निर्माण गरिएको छ।
चलचित्रमा कथा, पटकथा तथा संवाद शिवहरीकै रहेको छ भने चलचित्र ‘लक्का जवान’ मा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहेको छ । चलचित्र यहि चैत २१ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/PrSgzNNBSug

प्रतिक्रिया दिनुहोस्