Logo

टि ट्वान्टी सिरिजमा वेष्ट इन्डिजविरुद्ध आयरल्यान्डको रोमान्चक जित



Spread the love

 वेस्ट इन्डिजसँगको पहिलो टि ट्वान्टी खेलमा पाहुना टोली आयरल्यान्डले सानदार जित निकालेको छ । बिहीबार बिहान भएको पहिलो खेलमा आयरल्यान्डले वेस्ट इन्डिजलाई ४ रनले पराजित गरेको हो ।

२ सय ९ रनको विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४ रन बनायो । अन्तिम दुई ओभरमा १६ रन बनाउन नसक्दा वेस्ट इन्डिजले झिनो हार बेहोर्नु परेको हो ।

वेस्ट इन्डिजका लागि इभिन लुइसले ५३ रन बनाए । कप्तान केइरन पोलार्डले ३१, मिम्रन हिटमेयरले २८ तथा निकोलस पुरन र रुथरफोर्डले २६/२६ रन बनाए । बलिङमा आयरल्यान्डका जोस लिटलले तीन, क्रेग योङले दुई तथा जर्ज डोकरेल र सिमी सिंहले एक–एक विकेट लिए ।

त्यसअघि नेशनल क्रिकेट स्टेडियम ग्रेनाडामा टस जितेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८ रन बनाएको थियो । आयरल्यान्डका लागि पाउल स्टर्लिङले सर्वाधिक ९५ रन बनाए । केभिन ओ ब्रायनले ४८, ग्रेथ डेनली १९ र गैरी विल्सनले १७ रन बनाए ।

वेस्ट इन्डिजका शेल्डन कट्र्टेल, खारी पियरे र ड्वेन ब्राभोले २-२ विकेट लिए । तीन टि ट्वान्टी सिरिजमा आयरल्यान्डले १-० को अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्