Logo

लिग १ : एमबाप्पेको २ गोलमा पिएसजीको सहज जित



Spread the love

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मोनाको माथि बुधबार ४–१ को जित निकालेको छ । पिएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले २ र नेयमारले पेनाल्टीमा एक गोल गरे । दोस्रो हाफमा परिवर्तन भएका पाब्लो सर्बियनले पनि पिएसजीका लागि अर्को गोल थपेका थिए । टिमेउले गोल फर्काएपनि त्यो सात्वनामा सिमित भएको थियो ।

खेलको २४ औँ मिनेटमा केलियन एम्बाप्पले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा नेयमारले पेनाल्टी मार्फत गोल गर्दै पीएसजीको अग्रतालाई दोब्बर पारे । ७२ औँ मिनेटमा पाबलो सराबियाले गोल गर्दै पीएसजीको अग्रता ३–० बनाए । उता मोनाकोका लागि टेमोयले ८७ औँ मिनेटमा टिमका लागि एक गोल फर्काए । इन्जुरी समयमा एमबाप्पे ले गोल गर्दै पीएसजीलाई ४–१ गोलको जित दिलाए ।

२० खेलपछि शीर्षस्थानको पिएसजीको ४९ अंक पुगेको छ । दोस्रो स्थानको ओलम्पिक डि मार्सेलीको ४२ अंक छ ।

प्रतिक्रिया दिनुहोस्