Logo

चर्चित गायिका आस्था राउत प्रहरीको दुर्व्यवहारमा,प्रहरीलाई गाली गरेको भिडियो भाइरल



Spread the love

पछिल्लो समय निकै नै चर्चामा रहेकी गायिका हुन्-आस्था राउत । राउतले आफूमाथि विमानस्थलको प्रहरीले दुव्र्यवहार गरेको आरोप लगाएकी छन् ।

Image may contain: 1 person, stripes, sunglasses and closeup

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङका क्रममा महिला प्रहरीले आफूमाथि अपमानित व्यवहार गरेको आरोप लगाएकी हुन् ।

उनले आफ्नो फेसबूकमा लाइभ भिडियोमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा महिला प्रहरीले अपमानजनक व्यवहार गरेको आरोप लगाउँदै प्रहरीलाई गाली बेजेत गरेकी छन् । अहिले गायिका राउतले प्रहरीले आफूमाथि अपमानजनक व्यवहार गरेको लाइभ भिडियोमा  प्रहरीलाई आस्थाले यस्तो बोलेकी छन् ‘डन्ठे’, ‘बन्दुके’, ‘पुलिस को कि फुलिस’ जस्ता अपशब्द पनि प्रयोग गरेको शब्द  अहिले समाजिक संजालमा ‘भाइरल’ भएको छ ।

उक्त लाइभ भिडियोबारे छानविन गर्न प्रहरी प्रधान कार्यालयका डीआईजी शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई निर्देशन दिइएका छन्।

‘ठूला पदका प्रहरीले मात्रै राम्रो भाषाको प्रयोग गर्ने हो ?’ भन्दै आस्थाले प्रश्न गरेकी छिन् । उनले प्रहरी संगठनलाई ठूलाहरुले नै शुद्धिकरण गर्दै अनुशासन र नैतिकताको शिक्षा दिनुपर्ने गायिकाआस्थाले बताएकी छन् ।

सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि गायिका राउतले माफी मागेकी छन् । ‘रिसको आवेगमा वेद पढिदैन्, मलाई पनि त्यस्तै भयो,’ गायिका राउतले माफी माग्दै भनेकी छन्, ‘आवेशमा प्रयोग भएका केहि शब्दहरुका लागि क्षमा चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्