Logo

पूर्वकप्तान महेन्द्र सिंह धोनी बीसीसीआईको कन्ट्रयाक्टबाट आउट



Spread the love

एजेन्सी । भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले बिहीबार सन् २०२० सिजनको लागि भारतको सिनियर टोलीको २७ खेलाडी सम्मिलित सुचि सार्वजनिक गर्दा पूर्वकप्तान महेन्द्र सिंह धोनी टोलीमा अटाएका छैनन् ।

बीसीसीआईले सार्वजनिक गरेको सूचीको ए प्लस श्रेणिमा मात्र तीन जना खेलाडी छन् । जसमा कप्तान विराट कोहली, रोहित शर्मा र तिब्र गतिका बलर जसप्रित ए प्लस श्रेणिमा अटाएका हुन् । ए प्लस श्रेणिका खेलाडीले वार्षिक सात करोड पाउँछन् ।

ए श्रेणिमा ११ खेलाडी सहभागी छन् । रबिचन्द्रन अश्विन, रबिन्द्र जडेजा, भुवनेश्वर कुमार, चेतेश्वर पूजारा, अजिन्क्यै रहाने, लोकेश राहुल, शिखर धवन, मोहम्मद सामी, ईशान्त शर्मा, कुलदीप यादब र ऋषभ पन्त उक्त श्रेणिमा छन् । ए श्रेणिका खेलाडीले बीसीसीआईसँग वार्षिक पाँच करोड रुपियाँ लिन्छन् ।

अष्ट्रेलिया विरुद्धको मेलबर्न टेष्टमा डेब्यु गरी उत्कृष्ट प्रदर्शन गरेका मयन्क अग्रवाल भने ठूलो फड्को मार्दै बी श्रेणिमा परे । उक्त श्रेणिका खेलाडीले तीन करोड भारतीय रुपियाँ पाउनेछन् । ऋधिमन साह, उमेश यादब, युज्वेन्द्र चाहल, हार्दिक पाण्ड्या साह र अग्रवालसँगै समूह बी मा परेका छन् । बी श्रेणिमा पर्ने खेलाडीले वार्षिक तीन करोड पाउनेछन् ।

नवदीप सैनी, दीपक चाहर, श्रद्धुल ठाकुर, श्रेयस ऐयर र वाशिंगटन सुन्दरले भने सी श्रेणिमा अनुबन्ध भएका छन् । केदार जाधर, मनिष पाण्डे, हनुमा बिहारी पनि सी श्रेणिमै परेका छन् ।

सन् २०१९ को सूचीमा कप्तान धोनीलाई पहिलो श्रेणिमा राखिएको थियो । २०१९ मा विश्वकप सम्पन्न भए यता धोनीले कुनै अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा सहभागी भएका छैन् । भारतले न्युजिल्याण्ड विरुद्ध विश्वकप क्रिकेटको सेमीफाइनल खेल्दा धोनी उक्त टोलीको सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्