Logo

दशरथ रंगशाला हिलाम्य, मछिन्द्र र हिमालयनबीचको खेल एन्फामा सारियो



Spread the love

३ माघ, काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गतको आज हुने भनिएको मछिन्द्र क्लब र हिमालयन शेर्पा क्लबबीचको खेल एन्फामा सारिएको छ। आज दिउँसो ३ बजे दशरथ रंगशालामा खेल हुने तय थियो। तर एन्फाले हेभि रेनका कारण खेलस्थल परिवर्तन गरेको हो।

शुक्रबारको खेल सातौं चरणको पहिलो खेल हो । मछिन्द्र लिगको शीर्षस्थानमा छ भने शेर्पाले अहिले सम्म जित निकाल्न सकेको छैन । शेर्पाले लिगको ६ खेलमा ४ खेल त बराबरी नै गरेको छ । मछिन्द्रले लिगका ६ खेलमा ४ जित र २ बराबरीसहित १३ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्