Logo

अबुधाबी बस दुर्घटना हुँदा ३ नेपालीको मृत्यु, १४ जना घाइते



Spread the love

३ माघ, अबुधाबी । आबुधाबीमा बिहीबार भएको सवारी दुर्घटनामा परि ३ नेपालीले ज्यान गुमाएका छन् । सोही दुर्घटनामा १४ नेपाली घाइते भएका छन् ।

एमबीएम कम्पनीमा कार्यरत नेपाली चढेको बस बिहीबार बिहान अल रहा भन्ने स्थानमा दुर्घटना भएकाे थिए । गुडिरहेको लरीमा ठोक्किएर भएको दुर्घटनामा ६ को मृत्यु भएकोमा ३ नेपाली रहेको पुष्टि भएको हो ।

यही घटनामा अन्य देशका ३ नागरिकको पनि ज्यान गएको छ । बसमा चालकसहित २४ सवार थिए । जसमा २३ महिला रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्