Logo

आर्सनलका कप्तान अउबामेयाङलाई तीन खेलमा प्रतिबन्ध



Spread the love

एजेन्सी । इंग्लिस क्लब आर्सनलका फरवार्ड पिएरे एम्रिक अउबामेयाङले तीन खेल गुमाउने भएका छन् । प्रिमियर लिग अन्तर्गत गत शनिबार क्रिस्टल प्यालेसविरुद्धको खेलमा प्यालेसका खेलाडीमाथि डरलाग्दो फउल गरेपछि तीन खेलको प्रतिबन्ध लाग्ने भएको हो ।

गएको साता उनले क्रिस्टलका म्याक्स मेयरलाई डरलाग्दो ट्याकल गरेका थिए । त्यस पश्चात उनले सोझै रातो कार्ड खाएका थिए । आर्सनलले रातो कार्डविरुद्ध गरेको अपिल खारेज भएसँगै उनलाई तीन खेलको प्रतिबन्ध लाग्ने भएको हो ।

अउबामेयाङले सेफिल्ड युनाइटेड, चेल्सी र एफए कप अन्तर्गत बर्नमाउथसँगको खेल गुमाउने छन् । गोलमेसिन नै प्रतिबन्धमा परेपछि आर्सनललाई नमिठो झट्का लागेको छ ।

प्रतिक्रिया दिनुहोस्