Logo

युवा गायक निशान लाहुर जादै (भिडियोमा)



Spread the love

नेपाल आइडलबाट एका एक चर्चा परिचर्चा बटुल्न सफल युवा गायक हुन्- निशान भट्टराई। उनले एक पछि अर्को हिट गीतहरू दर्शकस्रोता माझ ल्याइरहेका छन् भने उनको नयाँ गीत ‘लाहुर जाने रेल’ सार्वजनिक भएको छ ।

भिडियोमा मनछुने डाइलोक ‘बुढी आम प्यारी श्रीमती अनि उनको पेटमा हुर्केको हाम्रो मायाको निशानी ! यो घर परिवार,समाज सबै कुरा त्यागेर अर्काको देशमा सेवा गर्न जानु पर्ने बाध्यता मलाई मात्र होइन होला मजस्ता हजारौ जवानहरुको बाध्यता पक्कै यस्तै नै होला ।’

भिडियो मा एउटा आर्मीले आफ्नो देशको निम्ति गरिएको बलिदान, त्याग र तपस्याका साथै आफ्नो जीवनमा भोग्नु परेको भोगाइ, दुख, कष्ट आदि कथा बस्तुलाई समेटिएको छ ।

गीतमा शब्द तथा संगीत प्रशान्त पौडेलको रहेको छ भने निशानको स्वर रहेको छ । भिडियोमा रिचा न्यौपाने सँगै गायक निशान स्वयं अभिनय गरेका छन् ।

भिडियो उनको आफै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।अनिल के मानन्धरले छायाँकन गरेको भिडियोलाई प्रविन भट्टराईले नै सम्पादन तथा निर्देशन गरेका छन् ।

हेर्नुहोस् भिडियो  :

https://youtu.be/o2ozmVlKgz0

प्रतिक्रिया दिनुहोस्