Logo

‘लव आज कल २’को ट्रेलर सार्वजनिक, यस्तो भूमिकामा कार्तिक र सारा(ट्रेलरमा)



Spread the love

बलिउडमा पछिल्लो समय सबैको केन्द्रबिन्दु बनेको जोडी हुन्-कार्तिक आर्यन र सारा अली खान। उनको प्रेम सम्बन्धको अहिले चैतरफी चर्चा परिचर्चा हुने गरेको छ भने इम्तियाज अलीले निर्देशन गरेको चलचित्र ‘लव आज कल २’ (Love Aaj Kal 2′ ट्रेलर सार्वजनिक भएको छ ।

कार्तिक र साराको ‘लभ आजकल’को ट्रेलर 

कार्तिक आर्यन र नायिका सारा अलि खानको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर शुक्रबार सार्वजनिक भएको छ । ट्रेलरमा कार्तिक र साराबिच प्रेम, रोमान्स, झगडालाई देखाइएको छ ।

चलचित्रको ट्रेलरमा दुई पुस्ताको प्रेमलाई देखाइएको छ । यो चलचित्र लभ आजकलको दोस्रो भाग हो । यस अघि निर्देशक इम्तिायाज अलिकै निर्देशनमा बनेको लभआजकलमा सैफअलि खान र दिपिका पादुकोणको मुख्य भूमिका रहेको थियो । चलचित्रले बक्सअफिसमा सुखद कमाई गरेको थियो ।

चलचित्रको मुख्य भूमिकामा कार्तिक र सारासँगै रणदीप हूडा र आरुषि शर्मा देखिएका छन् भने आरुषि यस चलचित्रमार्फत बलिउड डेब्यू गर्न छन् ।

दिनेश विजान फिल्मका निर्माता हुन्। उक्त चलचित्रमा ‘लव आज कल २’ फेब्रुअरी १४​​ कार्तिकले सारालाई भ्यालेन्टाइनको उपहार दिई विश्वभरि प्रदर्शनमा आउने छ ।

हेर्नुहोस्  ट्रेलर:

https://youtu.be/4QvqHwH_je8

प्रतिक्रिया दिनुहोस्