Logo

डेब्यु खेलमा १९ वर्षीय हालान्डको ह्याट्रिक



Spread the love

एजेन्सी। जर्मन बुण्डेस लिगामा बोरुसिया डर्टमण्डले अग्सबर्गलाई पराजित गरेको छ । गोलको वर्षा भएको खेलमा डर्टमण्डले अग्सबर्गलाई ५–३ गाेल अन्तरले पराजित गरेको हो ।

गत महिना साल्जबर्ग छाडेर जर्मनी आएका हालान्डले डर्टमन्डमा उत्कृष्ट सुरुवात गर्ने क्रममा मैदान प्रवेश गरेको तेस्रो मिनेटमा नै गोल गरेका थिए । उनी खेलको ५६ औं मिनेटमा डिफेन्डर लुकास पिस्जेकको स्थानमा मैदान छिरेका थिए ।

दोस्रो हाफको ५६ मिनेटमा मैदान छिरेका उनले २३ मिनेट भित्र ह्याट्रिक पूरा गरे। उनी मैदान छिर्दा डर्टमन्ड ३-१ ले पछि परेको स्थिति थियो।

हालान्डले खेलको ५९ मिनेटमा व्यक्तिगत पहिलो गोल गरे। ७० मिनेटमा दोस्रो गोल गरेका उनले ७९ मिनेटमा ह्याट्रिक पूरा गरे। हालान्डको ह्याट्रिकसँगै डर्टमन्डले खेल ५–३ ले जित्यो। हालान्ड छिरेपछि डर्टमन्डका लागि सान्चोले ६१ मिनेटमा गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्