Logo

माघ ७ गते मंगलबार,भोलीको राशीफल



Spread the love

भोली मिति २०७६ साल माघ ७ गते मंगलबार। भोलीको राशीफल  यस प्रकार रहेको छ । तपाईहरूको दिन शुभ रहोस् ।

 मेष : व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्गे फाइदा हुनेछ। आर्थिक कारोवारमा मनमुटाव हुनेछ । शारीरिक दुर्बलता बढ्नेछ । अन्तद्र्वन्द्व बढ्नेछ । व्यापार सामान्य रहनेछ । सञ्चित धन खर्च हुनेछ । खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला।

 वृष : रोकिएका अधुरा पुरा हुने छन् । मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। छर–छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला। आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ।

मिथुन : व्यावसायिक रोकावट हुनेछ । शत्रु बढ्नेछन् । आध्यात्मिक चिन्तन बढ्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । आकस्मिक यात्रा हुन सक्छ।अध्ययनमा रुचि घट्नेछ । चोटपटक लाग्न सक्छ । शत्रु परास्त हुनेछन् ।

 कर्कट :  छरछिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला। तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ भने लामो यात्रा गर्ने अवसर पनि जुट्न सक्छ।सामान खरिद गरिनेछ । विद्या प्राप्ति हुनेछ । आलोचना बढ्नेछ ।

सिंह : भाग्य वृद्धि हुनेछ । पति÷पत्नीबीच प्रेम बढ्नेछ । व्यापार व्यवसाय मध्यम रहनेछ । शारीरिक स्फूर्ति बढ्नेछ । आय आर्जनमा सुधार आउनेछ ।तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्।

कन्या : परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने देखिन्छ। परिस्थितिवश आँटेका काममा विलम्ब हुन सक्छ।

 तुला :स्वास्थ्यमा समस्या उत्पन्न हुनेछ ।अधुरा कार्य पूरा हुनेछन् । पारिवारिक सुख प्राप्त हुनेछ ।पारिवारिक खर्च बढ्नेछ । विद्या प्राप्ति हुनेछ । समाजमा प्रतिष्ठा बढ्नेछ । धन सञ्चित हुनेछ । बुद्धि बढ्नेछ । मन स्थिर रहनेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

वृश्चिक : अध्ययन मध्यम रहनेछ । अनावश्यक लाञ्छना लाग्न सक्छ । स्थान परिवर्तन हुनेछ ।आकस्मिक धनलाभ हुनेछ । शारीरिक स्फूर्ति बढ्नेछ । राष्ट्रिय चिन्तन बढ्नेछ । आर्थिक सहयोग मिल्नेछ । धार्मिक रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

धनु :  धेरै कामको दायित्व लिनाले बढी परिश्रम गर्नुपर्ला। तापनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

 मकर : व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।खर्च बढ्नेछ । परोपकारी भावना बढ्नेछ । आर्थिक कारोबार बढ्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

 कुम्भ : सामाजिक कीर्ति बढ्नेछ । यात्रा हुनेछ ।आर्थिक समस्या बढ्नेछ । आध्यात्मिक चिन्तन सफल हुनेछ । कूटनीतिक कार्य बढ्नेछ । दैनिक कार्य प्रभावित हुनेछन् । थकान बढ्नेछ ।सम्मान प्राप्त हुनेछ ।

मीन राशी –यात्रा हुनेछ ।सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ। शुभारम्भको चर्चा चल्नेछ। आएको काम पुरा भई धनार्जन हुनेछ। ध्यापनमा रुचि बढ्नेछ । कुरा काट्नेहरू सक्रिय हुनेछन् । अनावश्यक खर्च बढ्नेछ । स्फूर्ति बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्