Logo

रियाल म्याड्रिडलाई पछि पार्दै बार्सिलोना शीर्षस्थानमा पुनरागमन गर्न सफल



Spread the love

एजेन्सी। बार्सिलोना स्पेनिस ला लिगाकाे शीर्षस्थानमा उक्लिन सफल भएको छ। घरेलु मैदानमा ग्रानडालाई १-० ले पराजित गर्दै बार्सिलाेनाले रियाल म्याड्रिडलाई पछि पार्दै शीर्षस्थानमा पुनरागमन गरेकाे हाे ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले एकमात्र निर्णायक गोल गरे । उनले खेलको ७६औं मिनेटमा गरेको गोलले नै बार्सिलोनालाई जितको लागि पर्याप्त बन्यो ।

बार्सिलाेनाले रियाललाई गाेल अन्तरमा पछि पार्दै शीर्षस्थानमा पुनरागमन गरेकाे हाे । बार्सिलाेनाकाे २० खेलबाट ४३ अंक पुगेकाे छ भने रियालकाे पनि समान ४३ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्