Logo

आफ्नो योग्यताको मूल्य आफैँले तोक्नुहोस् – गौतम बुद्ध



Spread the love

एजेन्सी। गौतम बुद्धका यस्ता विभिन्न प्रसंग प्रचलित छन् जसलाई जीवन सफल बनाउनका लागि ध्यानमा राख्न अत्यन्तै आवश्यक छ । यहाँ यस्तो एउटा प्रसंगबारे कुरा गरिएको छ जसमा हामीले आफूलाई अरुभन्दा कम सोच्न नहुने बताइएको छ ।

महात्मा बुद्ध कुनै गाउँमा बसेका थिए । एक दिन एक व्यक्ति उनलाई भेट्न आए र प्रश्न सोधे, ‘जीवनको मूल्य के हो ?’ बुद्धले ती व्यक्तिलाई एउटा पत्थर दिएर उत्तर पाउनुअघि त्यसको मूल्य पत्ता लगाउन लगाए तर, त्यो बेच्न भने नपाइने शर्त राखे ।

केहि समय पश्चात ती व्यक्ति पत्थरको मूल्य पत्ता लगाएर बुद्ध भए ठाउँ पुगे । उनले आफूले भोगेको सबै कुरा बताएपछि बुद्धलाई जीवनको मूल्य बताइदिन पुनः आग्रह गरे ।

बुद्धले भने, ‘सुन्तला व्यापारीले यो पत्थरको मूल्य १२ वटा सुन्तलासँग तुलना गरे । तरकारी पसलेले एक बोरा आलुसँग, सुनारले चार हजार स्वर्ण मुद्रासँग र हिरा व्यापारीले यसलाई अनमोल बताए । यही कुरा हाम्रो जीवनमा पनि लागू हुन्छ । हरेक व्यक्ति एक हिरा हो, तर अर्को व्यक्तिले हाम्रो मूल्यलाई उनीहरुको सामथ्र्य र जानकारी अनुसार तोक्ने गर्छन् । हामीले हाम्रो योग्यताको तुलना कसैसँग पनि गर्नु हुँदैन । योग्यताको मूल्य हामी आफैंले लगाउनुपर्छ किनभने कोही दोस्रो व्यक्तिले हाम्रो सही मूल्य लगाउन सक्दैनन् । यदि कसैले हाम्रो योग्यताको मूल्य लगाउँछ भने उसको सामथ्र्य अनुसार लगाउनेछ । त्यसकारण कहिले पनि आफूलाई अरुभन्दा कम सोच्नु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्