Logo

ब्राजिलियन मिडफिल्डर जेसस रियलमा अनुबन्धित



Spread the love

एजेन्सी। रियल म्याड्रिडले ब्राजिलियन क्लब फ्लामेंगोबाट युवा मिडफिल्डर रेनीअर जेससलाई करिब ३० मिलियन युरो खर्चेर अनुबन्ध गरेको छ । रेनीअर सोमबार औपचारिक रुपमा रियालमा अनुबन्धित भएका हुन् ।

रेनीअरलाई टोलीमा समेट्न युरोपका शीर्ष क्लबहरुले प्रयास गरेका थिए । तर रियलले क्लबलाई ३० मिलियन युरोको रिलिज क्लज तिर्ने बताएसँगै खेलाडीसँग पनि छलफल गरेको थियो ।

रियलले रेनीअरलाई अनुबन्ध गरेलगत्तै सिनियर टोलीमा भने नलग्ने भएको छ । उनले रियलको दोस्रो टोली कास्टिलामा रहेर खेल्नेछन्

प्रतिक्रिया दिनुहोस्