Logo

आई लिग खेल्न सावित्रा र अनिता भारत प्रस्थान



Spread the love

७ माघ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेतले यो सिजन पनि भारतको आई लिग खेल्ने भएका छन् । आई लिगका लागि दुवै खेलाडी आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।

गत वर्ष साबित्रा र अनिताले सेथु एफसीबाट खेलेका थिए । जसमा सेथु च्याम्पियन बनेको थियो । यस पटक भने साबित्राले नयाँ क्लब गोकुलमबाट खेल्न लागेको बताइन् । अनिताले भने सेथुबाटै खेल्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्