Logo

बिग ब्यास: सन्दीप सम्मिलित मेलबर्न र एडिलेडबीच प्रतिस्पर्धा हुँदै



Spread the love

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले बिग ब्यास लिग (बीबीएल) क्रिकेटमा आज १३ औँ खेल खेल्दै छ । मेलबर्नले एडिलेड स्ट्राइकर्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । एडिलेडको घरेलु मैदानमा खेल नेपाली समय अनुसार अपरान्ह १ः५५ मा सुरु हुनेछ ।

प्रतियोगिताको १२ खेल खेलेको मेलबर्न १० खेलमा जित र दुई खेलमा हारसँगै तालिकाको शीर्ष स्थानमा छ । एडिलेड ११ खेलमा ६ जितसहित १३ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ ।

राष्ट्रिय टीमका महत्वपूर्ण सदस्य सन्दीप बुधबार अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा नयाँ कीर्तिमानको नजिक छन् ।

प्रतिक्रिया दिनुहोस्