Logo

खानासँगै अचार खाने बानीले लाग्न सक्छ यस्ता घातक रोगहरु



Spread the love

एजेन्सी । हामी स्वाद बढाउनका लागि धेरैजसो खानासँगै अचार खाने गर्दछौं । विभिन्न स्वादको बोतल वा प्लाष्टिकमा प्याक गरिएको अचार बजारमा प्रशस्त मात्रामा पाइन्छ। अचारमा धेरै नुन हुन्छ । यस्ता अचार धेरै खाँदा शरिरमा सोडियमको स्तर बढ्ने गर्दछ जसले थुप्रै समस्या निम्त्याउने गर्दछ ।

साथै अचारमा सोडियमको मात्रा निकै धेरै हुन्छ जसले शरिरमा क्याल्सियमको मात्रालाई कम गरिदिन्छ । यसले हड्डी कमजोर बनाउँछ जसले अस्टियोपोरोसिसको खतरा बढ्ने गर्दछ । नियमित अचारको सेवन गर्नाले निम्तिन सक्छ यस्ता घातक रोगहरु:
रक्तचापः
खानामा धेरै अचार समावेश गर्दा शरिरमा सोडियमको मात्रा बढ्ने गर्दछ । यसले उच्च रक्तचापको आशंका बढ्ने गर्दछ ।
मुटुः
अचारमा समावेश सोडियमले रक्त संचारलाई बिगार्छ । यसले मुटुको समस्याको आशंका बढ्ने गर्दछ ।
तौल बढाउँछः
अचारमा हुने सोडियमले शरिरमा आइरनको मात्रालाई कम गरिदिन्छ । यस्तो अवस्थामा शरिरमा बोसो बढ्ने गर्दछ ।
हृदयघातः
खाना खाँदा धेरै अचार खाँदा रक्त संचार बिग्रने भएकाले यसले दिमागमा नराम्रो असर पुर्याउँछ । यसो हुँदा स्ट्रोकको खतरा बढ्ने गर्दछ ।
क्यान्सरः
धेरै अचार खाँदा शरिरमा सोडियमको मात्रा बढ्ने गर्दछ । यसले पेटको क्यान्सर हुने खतरा पनि बढ्ने गर्दछ ।
मृगौलाः
अचारमा पाइने सोडियमले क्याल्सियमलाई गलाएर मृगौलासम्म पुर्याउँछ । यसले पत्थरीको समस्या निम्त्याउँछ ।
कपाल झर्छः
अचारमा पाइने सोडियमले कपाल झर्ने समस्या निम्त्याउँछ ।
पानीको कमीः
अचारमा रहेको सोडियमले शरिरमा पानीको कमी पैदा गरिदिन्छ ।
मधुमेहः
गुलियो अचारमा चिनीको मात्रा धेरै हुन्छ । खानामा यसलाई धेरै समावेश गर्दा मधुमेह रोगको प्रबल सम्भावना हुन्छ ।

प्रतिक्रिया दिनुहोस्