Logo

पहिलो सन्तानको आमाबुवा बन्दै हुनुहुन्छ भने यस्ता कुरामा विशेष ध्यान पुर्‍याऊ!



Spread the love

नव दम्पतिका लागि घरमा नयाँ सन्तान भित्रिनु निक्कै उत्साहजनक कुरा हो । उनीहरुको यो पहिलो सन्तान हो । जसले गर्दा उनीहरुमा थप रोमाञ्चकता पैदा गरेको छ ।

पहिलो शिशुलाई कसरी स्यहारसुसार गर्ने, के-कस्ता सामग्रीको आवश्यक पर्दछ यस बिषयमा उनीहरु अनभिज्ञ हुनसक्छन् । खासगरी पहिलोपटक आमाबुवा बन्न लागेका दम्पतीहरु सुरुमा बच्चाको प्रयोगको लागि आवश्यक पर्ने सामानको बारेमा धेरै भ्रममा पर्छन् ।नव दम्पतिले यस्ता कुरामा विशेष ध्यान पुर्‍याउनु पर्छ:
१ स्तनपानको लागि
केही यस्ता चीजहरु हुन्छन् जुन सबै आमाहरुको लागि उपयोगी हुन्छन् जस्तैः
-सफा कपडा
-ब्रेस्ट पम्प
-मिल्क स्टोरेज कन्टेनर
-नरम सिरानी
-नर्सिङ ब्रा
-ब्रेस्ट प्याड्स
२. कपडा
बच्चाको लागि कति कपडा चाहिन्छ यो तपाईमा भर पर्छ किनभने बच्चाको जन्मपछि सायद तपाइर्ं बारम्बार सपिङको लागि बाहिर जान नमिल्न सक्छ वा फेरि तपाईको म्याटरनिटि सपिङमा साथी वा परिवारहरुले सहयोग गर्न पनि सक्छन् ।
आवश्यक कपडाहरुः
पुरा र आधा बाहुला भएका कपडा, अगाडि बटन भएको सर्ट, नाइटगाउन/फिडिङ नाइटी, टप्स र पाइजामाको सेट, एक जोडी चप्पल, कम्तिमा पनि पाँच जोडी पायन्ट, दुई तीन जोर पञ्जा, स्वेटर, स्वेट सर्ट
३. डायपरिङको लागि आवश्यक सामान
डिस्पोजेबल डायपरभन्दा अर्कोपल्ट पनि प्रयोगमा आउने डायपर प्रभावकारी हुन्छन् ।
४. नुहाइदिनको लागि आवश्यक सामानहरु
बेबी बाथ टब
बेबी साबुन र स्याम्पु
मालिसको लागि तेल
कपालको लागि तेल
शावर क्याप
मुलायम तौलिया
नरम दाँत भएका काँइयो
५. बेडटाइम
यदि तपाईं बच्चालाई झोलुंगोमा सुताउनुहुन्छ भने झोलुंगोको लागि नरम गद्दा बनाउनुहोस् । सुत्ने बेला बच्चाको वरिपछि खेलौना नराख्नुहोस् । नरम र मुलायम च्यादर, झोलुंगोमा सजिलै फिट हुने हल्का ब्लाङ्केट, झोलुंगोको गद्दाको लागि वाटरप्रुफ कभर पनि आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्