Logo

उरुग्वे तथा पीएसजीका स्टार काभानी एथ्लेटिको मड्रिड जाने



Spread the love

एजेन्सी। चेल्सी र म्यानचेस्टर युनाइटेको प्रस्ताव अस्वीकार गरेका पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार इडिसन काभानी एथ्लेटिको मड्रिड जाने भएका छन्। मड्रिडसँग काभानीको मौखिम सहमति भइसकेको र अर्को हप्ता अन्तिम सहमति हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

आउँदो सोमबार मड्रिडले ३२ वर्षीय उरुग्वेका स्टार काभानीका लागि अन्तिम प्रस्ताव पेश गर्ने छ। पीएसजी छाड्ने संकेत गरेपछि काभानीलाई भित्र्याउन म्यानचेस्टर यूनाइटेड, चेल्सी र एथलेटिको मड्रिडबीच प्रतिस्पर्धा भएको थियो। उरुग्वेका स्टार काभानीको यस सिजनको अन्त्यमा पीएसजीसँगको सम्झौता सकिदैछ ।

काभानीले ५७७ क्लबका खेलहरु खेल्दै ३५१ गोल गरिसकेँ। उरुग्वेका लागि उनले ११६ खेल खेल्दै ५० गोल गरेका छन्। काभानीको बढ्दो उमेर र चोटका कारण भने क्लबहरु चिन्तित हुने गर्छन्। काभानीले यस सिजन चोटका कारण जम्मा १४ खेल मात्रै खेलेका छन्।

प्रतिक्रिया दिनुहोस्