Logo

‘ए’ डिभिजन लिग: सरस्वतीले हिमालयनको सामना गर्दा आर्मी भने शीर्ष स्थानमा पुग्ने दाउमा



Spread the love

१४ माघ, काठमाडौं ।सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछ। आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लब भिड्दै छन्। दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुनेछ । यस्तै, दिउँसो ३ बजे त्रिभुवन आर्मीले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

हिमालयन शेर्पासँग खेल्दा सरस्वतीको लागि ‘गर’ या ‘मर’को अवस्था हुनेछ । ८ खेलबाट मात्र १ अंक रहेको सरस्वती अंक तालिकामा पुछारमा छ र रेलिगेसनको दबावमा छ । उति नै खेलबाट हिमालयन शेर्पा ७ अंक जोड्दै १२ औं स्थानमा छ । शेर्पालाई हराउन सके सरस्वतीलाई ठूलो राहत मिल्नेछ ।

उपाधि होडमा रहेको आर्मीका लागि आजको खेल महत्त्वपूर्ण छ । जावलाखेललाई हराएमा आर्मी पुनः शीर्ष स्थानमा उक्लनेछ । उता, ८ खेलबाट १२ अंकसहित जावलाखेल सातौं स्थानमा छ । आर्मीलाई हराउन सके जावलाखेल पनि चौथो स्थानमा उक्लनेछ ।

प्रतिक्रिया दिनुहोस्