Logo

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को तेश्रो गीत ‘कसम’ सार्वजनिक,यस्तो अवतारमा पल र पूजा (भिडियोमा)



Spread the love

पछिल्लो समय निकै चर्चा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ को सफलता पछि निर्देशक सुदर्शन थापाले यसैको सिक्कोइन ‘म यस्तो गीत गाउँछु २’ निर्माण गरेका छन् । ‘तिम्रो घरको वरिपरी र दुःखको काँडा’ले सफलता पाइसकेका छन् । दुबै गीतलाई दर्शकले अत्याधिक रुचाएपछि उत्साहित बनेको निर्माणटिमले तेश्रो गीतको रुपमा ‘कसम कसम ’ सार्वजनिक भएको छ।

भिडियोमा नायक पल शाह र नायिका पूजा शर्माको साथमा  फिचरिङ गरिएको छ । पूजा र पलको केमेष्ट्री पहिलो गीतमा जस्तै यसमा पनि जमेको छ ।

दिनेश राज पुरी शब्द रहेको गीतमा चर्चित गायक तथा संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन् भने उक्त गीतमा चर्चित गायक सुगम  पोखरेलको स्वर रहेको छ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको यो गीतको भिडियोलाई सौरभ लामाले छायांकन गरेका हुन् । उक्त गीतलाई महराज थापाले एरेन्ज गरेका छन्।

चलचित्रको मुख्य भुमिकामा नायक पल र पुजाको साथमा अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा रजेन्द्र, सोनिका रोकाया लगायतका कलाकारले अभिनय गरेका छन् ।

पूजा शर्मा र सुदर्शन थापाको लगानी रहेको चलचित्रको कथा  र निर्देशन सुदर्शन थापाले  नै  गरेका छन् । उक्त चलचित्र फागुन २३ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/DaZUH5vGX3Y

प्रतिक्रिया दिनुहोस्