Logo

आकाश र पुजाको ‘मन परेसी’ छायांकन सुरु !



Spread the love

पछिल्लो समय निकै चर्चामा रहेको जोडी हो आकाश श्रेष्ठ र पुजा शर्मा । उनीहरू सुदर्शन थापाले निर्देशन गरेको चलचित्र “राम काहानी” बाट एउटै पर्दामा काम गर्ने मौका पाएका थिए भने उनीहरूको यो जोडीलाई दर्शकले अत्यन्तै रुचाएका छन् भने उनीहरुलाई एक पछि अर्को चलचित्रमा अफर आइरहेका छन्  ।

Image result for ‘मन परेसी’

उनीहरुलाई फेरी नयाँ चलचित्र ‘मन परेसी’को शुभसाइत सम्पन्न भएको छ । श्रीपञ्चमीको अवसर पारेर यो चलचित्रको शुभसाइत काठमाण्डौको भद्रकाली मन्दिरमा गरिएको हो । चलचित्रमा नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको मुख्य भूमिका छ । पूजा र आकाशले पाँचौ पटक एकसाथ चलचित्रमा पर्दा शेयर गर्न लागेका हुन् ।

Image result for ‘मन परेसी’

चलचित्रको मुख्य भूमिकामा आकाश  र पुजाको साथमा रविनद्र झा, मोनालिसा खतिवडा लगायतका कलाकार रहेको छन् ।  अर्जुन पोखरेल, पुरुषोत्तम न्यौपाने र श्रीकृष्ण वर्देवाको संगीत रहेको छ ।

Image result for ‘मन परेसी’

चलचित्र लाभ स्टोरी तथा एक्सन जनरामा निर्माण हुन छ । यसअघि चलचित्र ‘जय शम्भु’ निर्देशन गरेका पेस थिङ तामाङले यो चलचित्र निर्देशन गर्दै छन् । फिल्मको प्रस्तुतकर्तामा रघु परियार छन् । अमृत थिङ तामाङ फिल्मको कार्यकारी निर्माता र दिनेश शाही, चक्र पाख्रिन तामाङ निर्माताका रूपमा छन् ।

Image result for ‘मन परेसी’

चलचित्रको छायांकन आइतबारबाट सुरु हुनेछ उक्त चलचित्र आउँदो बर्षको तीजमा प्रदर्शन हुने निर्देशक तामाङ्गले बताएका छन्  ।

Image result for ‘मन परेसी’

प्रतिक्रिया दिनुहोस्