Logo

चलचित्र ‘दि कर्मा’ र ‘जवानी जानेमन’को भिडन्त, कसले मार्ला बाजी ?



Spread the love

आज शुक्रबार एक साथ दुई नयाँ चलचित्र रिलिज भएको छन् । एक नेपाली चलचित्र ‘दि कर्मा’ र अर्को बलिउड चलचित्र ‘जवानी जानेमन’ एक साथ प्रदर्शन भएका छन् । अब कसले मार्ला बाजी ?

देब कुमार श्रेष्ठले निर्देशन गरेको चलचित्र ‘दि कर्मा’ र बलिउड लभस्टोरी चलचित्र ‘जवानी जानेमन’ दुइ चलचित्र एक साथ रिलिज भएका छन् । चलचित्रको मुख्य भूमिकामा नायिका परमिता आरएल राणाका साथै निता ढुगांना, बुद्धि तामाङ र करण शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । एक्सन जनराको उक्त फिल्ममा परमिता फरक भूमिकामा देखिएकी छिन् ।

यस चलचित्रबाट नायक करण बर्माले डेब्यु गरेका छन् भने बर्मा एक्सन अवतारमा देखाइएको छ । भारतीय कलाकार करणको अभिनयका कारण पनि यसलाई धेरैले चासोपूर्वक हेरेका छन् । यसै गरी चलचित्रमा नायिका राणाले बोल्ड भूमिका निभाएको पनि देख्न सकिन्छ । रामेश्वर कार्कीद्वारा छायाङ्कन रहेको चलचित्रमा सुशील पोखरेलको पटकथा तथा संवाद छ ।

बलिउडका चर्चित अभिनेता सैफअली खानले अभिनय गरेको चलचित्र ‘जवानी जानेमन’ रिलिज भएको छ । चलचित्रको मुख्य भूमिकामा सैफसंगै अभिनेत्री आलिया बेदीलाई देख्न सकिन्छ ।

कस्तो छ सैफको 'जवानी जानेमन' अवतार ?

चलचित्र कमेडी जनरामा निर्माण भएको अनुमान लगाउन सकिन्छ । नितिन कक्कडले निर्देशन गरेका छन् भने चलचित्रमा सैफ आलियाको बाबुको भूमिकामा देखिनेछन् । आलियाको बाबु बन्नआलियाले ११ किलो वजन घटाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्