Logo

गायक सम्राटले ल्याए सम्पूर्ण आमा प्रति समर्पित गीत’आमा’ भाग्य र मिथिलाको यस्तो भूमिकामा (भिडियोमा)



Spread the love

चर्चित गायक सम्राट चौलागाईं र समिक्ष्य अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘आमा’ बोलको म्युजिक भिडियो सम्राट चौलागाईंको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

जब सन्तानको जन्म हुन्छ नि तब आमाको मुहारमा छुट्टै खुशी छाउँछ तर त्यही सन्तानको कारणले आमा रुन पुग्छिन, एक्लै हुन् पुग्छिन ! सम्पूर्ण आमाहरुमा समर्पित लक्षित गर्दै गायक सम्राट चौलागाईंले यो गीत प्रस्तुत गरेका छन् ।

गीतमा पछिल्लो समय निकै नै चर्चा परिचर्चा कमाउन सफल मोडेल तथा पत्रकार हुन्- भाग्य न्यौपानेलसंगै वरिष्ठ नायिका मिथिला शर्मा,दिवाशाना,जीवन जंग थापा,प्रतिज्ञा भण्डारी,सुलोचना आचार्य र सगर खनाल लगायतका कलाकार रहेको छन् ।

गीतमा गायक सम्राटले नै शब्द संगीत भरेका छन् भने उक्त गीतलाई बाबुल गिरी एरेन्ज गरेका हुन्। सुदिप बरालद्वारा छयांकन भएको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् भने भिडियोलाई टेकेन्द्रले नै निर्देशन गरेका हुन् ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/zgM1LhbxrV8

प्रतिक्रिया दिनुहोस्