Logo

आंचलको ‘थुम्का’ले क्रकोजलाई हलायो (भिडियोमा)



Spread the love

युवा पुस्तामाझा निकै चर्चा परिचर्चा बटुल्न सफल नायिका हुन्- आंचल शर्मा पछिल्लो समय चलचित्र भन्दा म्युजिक भिडियोमा धेरै व्यस्त रहेकी छन् । उनले अभिनय गरेका म्युजिक भिडियो सबै सुपर हिट भएका छन् भने उनले अभिनय गरेको नयाँ गीत ‘थुम्का’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा आंचल शर्मा र हरिश निरौला(क्रकोज)को फिचरिङ रहेको छ । सन्तोष सुनारको शब्द संगीत रहेको गीतमा चर्चित गायक समिर आचार्य र चर्चित र्यापर राजेन्द्र भट्टराई (मिस्टर आर्जे)ले र्याप हानेका छन् ।

राजिव समरको कोरियोग्राफी गरेको भिडियोलाई मोहित मुनालले एरेन्ज गरेका छन्। राम कुमार केसीद्वारा छायांकन भएको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् भने भिडियोलाई टेकेन्द्रले नै निर्देशन गरेका हुन् ।

 

हेर्नुहोस् भिडियो:

https://youtu.be/ph2mOBx3JmU

प्रतिक्रिया दिनुहोस्