Logo

‘ए’ डिभिजन लिग: शेर्पाले सङ्कटासँग प्रतिस्पर्धा गर्दा आर्मीलाई भने शीर्षस्थानमा उक्लने अवसर



Spread the love

१९ माघ, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज १०औं राउन्डको दोस्रो दुई खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा हिमालयन शेर्पाले संकटा क्लबको सामना गर्नेछ भने दिउँसो ३ बजे हुने अर्काे खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिसबीच भिडन्त हुनेछ ।

९ खेलबाट २० अंकसहित आर्मी दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको मछिन्द्र क्लब २२ अंकसहित दोस्रोमा छ। उपाधि होड कायमै राख्न आर्मीलाई जितको विकल्प छैन । उता, ९ खेलबाट १४ अंक जोडेको पुलिस छैटौं स्थानमा छ। आर्मीलाई हराएमा पुलिसले चौथो स्थानको थ्री स्टारसँग अंक बराबरी गर्नेछ ।

शेर्पा ७ अंकसहित १२औं स्थानमा तथा संकटा १२ अंक जोडेर आठौं स्थानमा छ । यता, संकटा पनि शेर्पालाई पराजित गर्दै सुपर सिक्सको यात्रामा उभिने दाउमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्