Logo

प्रिमियर लिग: सलाहको दुई गोलमा लिभरपुलको सानदार जित



Spread the love

एजेन्सी । साउथ ह्याम्पटनलाई पराजित गर्दै मर्सिसाइड क्लब लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधितर्फ लम्किएको छ । घरेलु मैदानमा लिभरपुलले साउथह्याम्पटनलाई ४–० ले पराजित गरेको हो ।

अपराजित रहेको लिभरपुलको २५ खेलबाट ७३ अंक छ । लिभरपुलले २४ खेलमा जित र एक बराबरीको नतिजा निकालेको छ । लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २२ अंकले पछि पारेको हो ।

प्रिमियर लिग इतिहासमा कुनैपनि टोलीले शीर्षस्थानमा लिएको सर्वाधिक अंकको अग्रता यहि नै हो । सिटीको २४ खेलबाट ५१ अंक छ । पराजित साउथह्याम्पटन ३१ अंक जोडेर ११औं स्थानमा छ । प्रिमियर लिगमा अब १४ खेल बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्