Logo

फ्रेन्च लिग वान: मोन्टपिलिएरमाथि पीएसजीको सानदार जित



Spread the love

एजेन्सी । फ्रेन्च लिग वानमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित हात पारेको छ । घरेलु मैदानमा ९ खेलाडीमा समेटिएको मोन्टपिलिएरमाथि ५–० को फराकिलो जित हात पारेको हो ।

घरेलु मैदान पार्क डि प्रिन्सेसमा पीएसजीको फराकिलो जितमा पाब्लो साराविया, एन्जल डि मारिया, केलियन एमबाप्पे र लेभिन कुर्जावाले गोल गरे ।

जितसँगै पीएसजीले २२ खेलाबाट ५५ अंक जोडेर शीर्षस्थानमा पकड बनाएको छ । पीएसजीले दोस्रो स्थानको मार्सेलीलाई १३ अंकले पछि पारेको छ । पराजित मोन्टपिलिएर ३३ अंक जोडेर पाँचौ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्