Logo

‘ए’ डिभिजन लिग: मार्टिनको निर्णायक गोलमा संकटा विजयी



Spread the love

१९ माघ, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबले जित हात पारेको छ । आइतबार भएको खेलमा संकटाले हिमालयन शेर्षा क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको २१औं मिनेटमा अजय मार्टिनले गरेको गोल नै संकटालाई जितको लागि पर्याप्त बन्यो ।

जितसँगै संकटाले १० खेलबाट १५ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लेको छ । पराजित शेर्षा १० खेलबाट ७ अंक छ । शेर्पा रेलिगेशन जोनबाट बच्न संघर्ष गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्