Logo

नायक विराजको ‘साङ्लो’को दोश्रो गीत ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीत चोरीको आरोप!



Spread the love

पछिल्लो समय निकै नै चर्चा परिचर्चा बटुल्न सफल नायक विराज भट्टले निर्देशन गरेको चलचित्र ‘साङ्लो’को दोश्रो गीत ‘झ्याम्मै आँखा झ्याम्मै’ गीत चोरीको आरोप लागेको छ । चलचित्र ‘रुद्रप्रिया’का निर्देशक सुदीप भुपाल सिंहले गीतका शब्द चोरी गरेको आरोप लगाएका हुन् ।

गीतका शब्द चोरीको आरोप लगाउँदै सुदीपले संगीतकार सुरेद अधिकारी, गायक निशान भट्टराई र विराज भट्ट प्रोडक्सनविरुद्ध उजुरी दिएका छन् । रचनाकार सुदिपले गीतमा आफ्नो शब्द प्रयोग गरिएको भन्दै महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएको जानकारी दिए।

प्रहरी परिसर टेकुका अनुसार आइतबार दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ । सुदीपले ‘रुद्रप्रिया’ का लागि गीत कम्पोज गर्न २ वर्ष अगाडि सङ्गीतकार अधिकारीलाई दिएको बताएका छन् । तर चलचित्रमा यो गीत समावेश नगरिएपछि गीत सङ्गीतकार अधिकारीसँगै रहेको उनले बताएका छन् ।

यता विराजले भने यो गीत आफूले सुरेश अधिकारीसँग लिएको र उक्त गीतबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । उनले फिल्मका लागि संगीतकार अधिकारीसँग गीतबारे कुरा गरेको बताए ।

गीतमा रचनाकारमा निशानको नाम पर्नु प्राविधिक त्रुटि भएको निर्देशन अभिनेता विराजले बताएका छन् । उनले गीत चोरेर आफ्नो चलचित्रमा नभै सङ्गीतकार सुरेशसँग सम्झौता गरेरै गीत लिएको बताएका छन् । उनले आफूलाई गीत सङ्गीतकार सुरेशले नै लेखेको बताइएको भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्