Logo

‘बागी ३’को फस्ट लुक्स र पोस्टर सार्वजनिक , यस्तो अवतारमा टाइगर!



Spread the love

युवा पुस्ताले निकै रुचाएका अभिनेता हुन्- टाइगर श्रफ पछिल्लो समय निकै चर्चा परिचर्चा चलन थालेको छ । चलचित्र ‘बागी २’ को सफलता पछि निर्देशक हमद खानले निर्देशन गरेको चलचित्र ‘बागी ३’को फस्ट लुक्स र पोस्टर सार्वजनिक भएको छ ।

Image result for baaghi 3 poster

‘बागी’, ‘बागी २’ र ‘वार’ जस्ता चलचित्रपछि टाइगरलाई एक्सन हिरोको रुपमा दर्शकले रुचाएका छन् उनको नयाँ चलचित्र ‘बागी ३ ’ को सार्वजनिक भएको पोस्टरमा टाइगर युद्धको मैदानमा देखिएका छन् भने पोस्टरमा उनको आफ्नो अनुहार भने देखाइएको छैन । उनी कुनै युद्ध ग्रस्त क्षेत्रमा भएको अनुमान लगाउन सकिन्छ । उनी हातमा राइफल बोकेर उभिएका छन् ।

Image result for baaghi 3 poster

टाइगरले आफ्नो इन्स्टाग्रामा र फेसबुकमा उक्त पोस्टर र ट्रेलर रिलिज मिति पोस्ट गरेका थिए भने पोस्टर सामाजिक सञ्जालमा तीव्र रुपमा भाइरल भइरहेको छ ।

Image result for baaghi 3 poster

चलचित्रको मुख्य भूमिकामा टाइगरसंगै श्रद्धा कपूर, रितेश देशमुख, ज्याक्की श्रफ लगायत कलाकारको अभिनय रहेको छ । उक्त चलचित्र यहि ६ मार्च २०२० प्रदर्शन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्