Logo

के के कार्गो सर्भिस सञ्चालनमा



Spread the love

काठमाडौँ, माघ २० गते । के के कार्गो सर्भिस काठमाडौँको ठुलो भर्र्याङ्बाट सञ्चालनमा आएको छ । उक्त कार्गो कम्पनीको उद्घाटन भूतपूर्व सहरी विकास मन्त्री मोहम्मद इस्तियक राईले गरे । उद्घाटन गर्ने क्रममा मन्त्री राईले नयाँ कार्गो सर्भिसले सेवाग्राहीलाई थप सुविधा पुग्ने कुरामा विश्वास व्यक्त गरे ।

कार्गो सर्भिस सरल र सहज तथा सुपथ मूल्यमा सुरक्षित ढुवानीका लागि बागमती प्रदेशदेखि कर्णाली प्रदेशसम्मका सेवाग्राहीलाई लक्षित गरी सञ्चालनमा ल्याइएको हो । निकट भविष्यमा देशका सम्पूर्ण भूभागमा सेवा विस्तार गरिने प्रा.लि. का सञ्चालक हिरा बज्राचार्यले जानकारी दिए । अहिले नेपाल अधिराज्यभर फुल ट्रीपको ब्यबस्था समेत रहेको बज्राचार्यले जनाकारी गराए ।

त्यस्तै अर्का सञ्चालक प्रदीप ढकालले कार्गो सर्भिस तत्काल नेपालगन्ज, सुर्खेत, बर्दिया, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख र कोहलपुरलाई केन्द्रित गरेर खोलिएको र पछि विस्तार गर्ने क्रममा पुरै देश भरी नै सञ्चालनमा ल्याइने लक्ष्य राखिएको बताए । कार्गो सर्भिस मार्फत व्यापारिक प्रयोजनमा आउने सम्पूर्ण सामानहरु ढुवानी गरिने पनि ढकालले जानकारी गराए ।

के के कार्गो सर्भिस ठुलो भर्‍याङ र हल चोकको बिचमा रहेको ट्रान्स्पोर्ट नगरमा अवस्थित रहेको छ । उद्घाटन कार्यक्रममा उपस्थित सहभागीहरूले नयाँ कार्गो सर्भिसले छिटो, छरितो र भरपर्दो ढुवानी सेवा दिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्