Logo

‘ए’ डिभिजन लिग: एनआरटी र फ्रेण्ड्सबीच प्रतिस्पर्धा हुँदै



Spread the love

२१ माघ, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दशौं चरणको अन्तिम खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दिउँसो ३ बजे हुने खेलमा एनआरटीले फ्रेण्ड्सको सामना गर्नेछ ।

९ खेलबाट १५ अंक जोडेको एनआरटी अंक तालिकामा सातौं स्थानमा छ । समान अंक भए पनि संकटा र जावालखेलभन्दा एनआरटी गोलअन्तरको आधारमा पछाडि छ । ९ खेलबाट ११ अंकसहित फ्रेण्ड्स १०औं स्थानमा छ ।

फ्रेण्ड्सलाई पराजित गर्न सके एनआरटी १० अंक जोड्दै चौथो स्थानमा उक्लने छ । उता फ्रेण्ड्स विजयी भएमा अंक तालिकामा च्यासललाई पछि पार्नेछ ।

प्रतिक्रिया दिनुहोस्