Logo

एट्लेटिको मड्रिडका फरवार्ड मोराटाले च्याम्पियन्स लिग गुमाउने



Spread the love

एजेन्सी । एट्लेटिको मड्रिडका फरवार्ड अल्भेरो मोराटाले युईएफए च्याम्पियन्स लिग अन्तर्गत इंग्लिस क्लब लिभरपुलसँगको खेल गुमाउने भएका छन् । दायाँ खुट्टाको मांशपेशीमा चोट लागेका कारण मोराटाले १८ फेब्रुअरीमा हुने प्रि–क्वाटरफाइनलको पहिलो लिग गुमाउने भएका हुन् ।

मोराटाले गत सोमबार राति रियाल म्याड्रिडसँग १–० ले पराजित भएको खेलमा चोट बोकेका थिए । उनी ५०औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का उरुग्वेली फरवार्ड एडिन्सन काभानीलाई अनुबन्ध गर्न असफल सिमिओनीलाई मोराटाको चोटसँगै झनै समस्या भएको छ ।

सोमबार रियालसँगको हारसँगै एट्लेटिको २२ खेलबाट ३६ अंक जोडेर छैटौ स्थानमा रहेको छ । एट्लेटिकोले शनिबार घरेलु मैदानमा ग्रानडासँग खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्