Logo

आईसीसी विश्वकप लिग : उद्घाटन खेलमा नेपाल भर्सेस ओमानको भिडन्त, हेड टु हेडमा ओमान अगाडी



Spread the love

२१ माघ, काठमाडौं । पहिलो पटक ओमान र अमेरिकासँग घरेलु मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिज खेल्दैछ । नेपाल आफ्नो उद्घाटन खेलमा ओमनलाई पराजित गर्दै जीत निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछ। नेपालले कीर्तिपुरस्थित त्रिवि मैदानमा ओमानविरुद्ध खेलेर लिग-२ मा डेब्यू गर्न लागेको हो।

लिग-२ मा त्रिकोणात्मक सिरिज गर्ने अवधारणा अनुरुप कीर्तिपुरमा एक साता नेपाल र ओमानसँगै अमेरिकाले एकआपसमा २-२ पटक प्रतिस्पर्धा गर्दैछन्। जसमा प्रत्येक टिमले ४ वटा एकदिवसीय खेल खेल्नेछन्। लिगको डेब्यू खेल घरेलु मैदानमा खेल्ने भए पनि नेपालका लागि सहज भने छैन। किनकी ओमान र अमेरिका दुवै पछिल्लो समय लयमा देखिएका टिम हुन्।

ओमान नेपालका लागि नयाँ प्रतिस्पर्धी भने होइन । नेपालका लागि ओमान धेरै पटक बाधकका रूपमा देखिएको छ । पछिल्लो समय ओमान विश्व क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आइरहेको टोली हो । नेपाल ओमानसँग पछिल्ला खेलमा कमजोर देखिएको छ । नेपाल र ओमानको भेट सन् २०१५ नोभेम्बर १४ मा भएको एसोसिएट म्याचमा पनि नेपाल पराजित भएको थियो । नेपाल र ओमनको भेट अन्तिम पटक सन् २०१८ मा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा भएको थियो । जसमा ओमान विजयी भएको थियो ।

त्यसपछि नेपालले एसिया कप क्वालिफायर्समा नेपाल ओमानसँग पराजित भएको थियो । त्यस्तै ओमानले आयोजना गरेका टि–ट्वान्टी सिरियामा नेपाल ओमानसँग सहजै पराजित भएको थियो । पछिल्ला नतिजा हेर्ने हो भने नेपाल ओमानसँग कमजोर देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्