Logo

अमृत सापकोटा र उनकी पत्नी सुनिताको पहिलो गीत “गलबन्दीको फुर्को”ट्रेन्डिङ नम्बर ९ मा (भिडियोमा)



Spread the love

लोक सांगितिक क्षेत्रमा चर्चा परिचर्चा बटुल्न सफल बहुचर्चित गायक अमृत सापकोटा र उनकी पत्नी सुनिता बग्दासको आवाजमा रहेको नयाँ गीत “गलबन्दीको फुर्को”म्युजिक भिडियो शुभारम्भ डिजिटल म्युजिकबाट सार्बजनिक भएको छ ।

उक्त गीत सोमबार सार्वजनिक भएको हो भने अहिले गीत अहिले ट्रेन्डिङ नम्बर ११ मा परेको छ । भिडियो १० मिनेट १९ सेकेन्डको रहेको छ। पछिल्लो समय नेपाली लोक दोहोरीमा दर्शक धेरै आकर्षण भएको देखिन्छ ।

पछिल्लो समय निकै निया चर्चामा आएका मोडेल निकेश श्रेष्ठले अभिनय गरेका छन् । चर्चित मोडेल करिश्मा ढकाल, बिनोद श्रेष्ठ र निकेश श्रेष्ठ, दीपक लामिछानेले अभिनय गरेका छन् ।

सुरेश रमण अधिकारीले संगीत भरेको गीतमा गायिका सुनिता बग्दासको शब्द दिएकी छन् । अजय रेग्मीद्वारा छायांकन भएको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् ।भिडियोलाई मौषम हिमालीले नै निर्देशन तथा कोरियोग्राफी गरेका छन् ।

उक्त गीतलाई मालश्री रेकर्डिङ स्टुडियोबाट रेकर्ड भएको यस गितलाई बिनोद बाजुरालीले एरेन्ज गरेका हुन्। मा यता बैंसले रुजेको मायालुले खै कुरा बुझेको पछेउरीको फुर्को, मलाइ तिर्खा लागेको धेरै भो तिम्रो जवानीको देउन एकै घुर्को

उनीहरुको यो जोडीलाई लाखौं दर्शकले रुचाएका छन् । यो भन्दा पहिला उनीहरुको एक लाइभ लोक दोहोरीलाई दर्शकले निकै मन पराएका छन् यो गीतमा पनि दर्शकले मनपराउने बिश्वास भएको गायक अमृत सापकोटाले बताएका छन् ।

हेर्नुहोस् भिडियो :

 

प्रतिक्रिया दिनुहोस्