Logo

त्रिकोणात्मक सिरिज: ओमानविरूद्ध नेपालको खराब सुरुवात



Spread the love

२२ माघ, काठमाडौँ ।  आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले खराब सुरुवात गरेको छ । नेपालका लागि ओपनरमा आएका कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का आउट भएका छन् ।

कप्तान ज्ञानेन्द्र १ रन बनाएर आउट भए भने पारसले ३ रन बनाए । नेपालले १० ओभरमा २२ रन जोडेर दुई विकेट गुमाएको छ ।

एक दिवसिय खेलमा पारस र ज्ञानेन्द्रले पहिलो पटक ओपनिङ गरेका हुन् । क्रिजमा शरद भेषवाकर र दीपेन्द्र सिंह ऐरी छन् ।

प्रतिक्रिया दिनुहोस्