Logo

आईसीसी विश्वकप क्रिकेट लिग: ब्याटिङ नचल्दा घरेलु मैदानमा नेपाल ओमानसँग पराजित



Spread the love

२२ माघ, काठमाडौं । नेपाल आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत ओमानसँग १८ रनले पराजित भएको छ । टस जितेर फिल्डिङ रोजेको ओमानले प्रस्तुत गरेको लक्ष्य भेटाउने क्रममा नेपाली टोली ४६.५ ओभरमा १७९ रन बनाउँदै अल आउट भएको थियो।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले १२ बलमा एक रन बनाए भने पूर्वकप्तान पारस खड्काले तीन रन जोडेका थिए। शरद भेषावकरले १०८ बलको सामना गर्दै सर्वाधिक ५५ रन जोडे। त्यस्तै दिपेन्द्र सिंह ऐरीले ३६ रन बनाउँदा सन्दीप लामिछानेले २८ र विनोद भण्डारीले २६ रन बनाए ।

यस अघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ थालेको ओमानले ५० ओभरमा ९ विकेटको नोक्सानीमा १९७ रन बनाएको हो । मोहम्मद नदीमले ६९ रनको अविजित उत्कृष्ट अर्ध शतकीय इनिङ खेलेपछि ओमानले बलियो प्रतिस्पर्धात्मक योगफल तयार पारेको हो । नदीमले ९६ बलमा ५ चौका र २ छक्का प्रहार गरे । नसिम खुशीले तल्लोक्रममा १८ बलमा २ चौका र २ छक्का सहित महत्वपूर्ण २८ रन जोडे । खुसी र नदमीले आठौं विकेटका लागि आक्रामक ४२ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट हात पारे भने सुशन भारीले ३ र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए। लेग स्पीनर सन्दीप लामिछाने भने विकेटविहीन बने। उनले १० ओभर बलिङ गर्दा बिना विकेट ४५ रन खर्चिए । त्यस्तै, ओडीआई डेब्यू खल खेलेका अभिनाश बोहराले ९ ओभरमा २ मेडन सहित ३८ रन खर्चिए पनि विकेट लिन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्