Logo

मछिन्द्रलाई शीर्षस्थानमा उक्लने अवसर, विभागीय डर्वी भिडन्तमा आर्मीलाई एपिएफको चुनौती



Spread the love

२३ माघ, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत ११ औँ चरणका खेल बिहिबारदेखि सुरु हुँदैछ । सातदोवाटोस्थित एन्फा मैदानमा आज हुने खेलमा उपाधि दावेदार टोली र रेलिगेसनको चपेटामा रहेका टोलीबीच भिडन्त हुनेछ ।

पहिलो खेलमा मच्छिन्द्रले सरस्वतीको सामना गर्दैछ । ३:०० बजे हुने दोस्रो खेलमा शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

आजको दुवै खेल चार टोलीको लागि उपाधि र रेलिगेसनको लडाईं हुनेछ । मछिन्द्र र आर्मीका लागि उपाधिका लागि जति महत्व छ, त्यति नै रेलिगेसन जोनमा रहेको सरस्वती र एपिएफलाई छ । मछिन्द्र सरस्वतीलाई पराजित गर्दै शीर्षस्थानमा उक्लदै उपाधि जित्ने दाउँमा रहँदा सरस्वती मछिन्द्रलाई स्तब्ध पार्दै रेलिगेसनबाट बच्ने अभियानमा मैदानमा उत्रनेछ । मछिन्द्रको १० खेलबाट २२ अंक छ । समान खेलबाटै सरस्वती ४ अंक जोडेर रेलिगेसनमा छ ।

यता, विभागीय डर्वीमा आर्मी एपिएफलाई पराजित गर्दै लिग जित्ने सम्भावनालाई बलियो बनाउन चहान्छ । उच्च मनोवलका साथ आर्मी एपिएफविरुद्ध मैदानमा उत्रनेछ ।

लिगमा राम्रो खेल पस्केपनि एपिएफले सोचे अनुरुपको नतिजा हात पार्न सकेको छैन । एपिएफ आर्मीलाई पराजित गर्दै रेलिगेसनबाट बच्दै आर्मीको उपाधि यात्रामा धक्का लगाउने दाउमा रहेको छ । आर्मी १० खेलाट २३ अंक जोडेर शीर्षस्थानमा छ । एपिएफ ५ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्