Logo

टोटेनहम एफए कपको पाँचौ चरणमा पुग्न सफल



Spread the love

एजेन्सी। दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनको निर्णायक गोलमा टोटेनहम हस्टपर एफए कपको पाँचौ चरणमा स्थान बनाएको छ। साउथह्याम्पटनलाई रिप्ले खेलमा ३–२ ले पराजित गर्दै प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा टोटेनहमको जितमा लुकास मौउरा र सानले गोल गर्दा एक गोल उपहार पाएको थियो । साउथह्याम्पटनका सेन लङ र ड्यानी इंग्सले गोल गरे ।

अब टोटेनहमले प्रि–क्वाटरफाइनलमा नर्विच सिटीको सामना गर्नेछ । नर्विचले बर्नलीलाई २–१ ले पराजित गर्दै प्रि–क्वाटरफाइनलको यात्रा तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्